महिला फुटबल छनोटमा आज नेपाल र थाइल्यान्ड भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक ७, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक ७, काठमाडौं । एएफसी अन्डर नाइन्टिन महिला फुटबल च्याम्पियनसिप छनोटका खेलहरु आजबाट थाइल्यान्डमा सुरु हुँदैछन् ।

नेपालले समुह बी. को आफ्नो पहिलो खेलमा आयोजक थाइल्यान्डको सामना गर्दैछ ।

महिला फुटबलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डसँग उसैको मैदानमा आज हुने खेल नेपालका लागि कठिन हुनेछ ।

यो खेलबाट आयोजकसँग अंक बाँड्ने रणनीति नेपाली टोलीले बनाएको छ ।

नेपालले छनोट चरणको दोस्रो खेल कार्तिक ९ गते भारतसँग तथा अन्तिम खेल कार्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ ।

पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पिर्धा गर्दैछन् ।

समूहमा शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छन् भने समुह उपविजेतामध्ये उत्कृष्ट दुई टोली पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस