भेरोसेल खोपको दोस्रो डोज भोलिबाट देशैभर दिइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २०, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई भोलिबाट दोस्रो डोज खोप दिने भएको छ ।

गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई चीनमा निर्मित भेरोसेल खोपको पहिलो डोज दिइएको थियो । उनीहरुलाई अब भोलिदेखि खोपको दोस्रो डोज दिन लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस