आर्थिक बर्ष सुरु भएयता एक खर्ब राजश्व संकलन, लक्ष्यभन्दा ४२ प्रतिशत बढी राजश्व आम्दानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक ७, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक ७,काठमाडौँ । चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल एक खर्ब एक अर्ब २४ करोड रुपैयाँ राजश्व आम्दानी भएको छ ।

यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड रुपैयाँ राजश्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले बताए ।

मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये नौ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी आयात वीरगञ्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, सुख्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस