संसद विघटन हुनुमा ओली मात्रै जिम्मेवार छैनन् : नारायणकाजी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २०, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २०, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

ताजा अपडेट

खोजी गर्नुहोस