स्मार्ट लाइसेन्स वितरणमा भद्रगोल

साउन २१, काठमाण्डौ । सरकारले ६ वर्षअघि कागतको लाइसेन्सलाई हटाएर स्मार्ट लाइसेन्स ल्यायो । तर स्मार्ट लाइसेन्स वितरण शुरु भएको ६ वर्ष पुग्दासमेत आम नागरिकले सहजरुपमा लाइसेन्स पाएका छैनन् ।

एक वर्षअघि नै नवीकरण गर्न दिएका लाइसेन्ससमेत यातायात व्यवस्था विभागले दिन सकेको छैन् । वितरण गरिएको स्मार्ट लाइसेन्सको गुणस्तर पनि निकै कम छ । संसदीय समितिले लाइसेन्स वितरणमा देखिएको भद्रगोल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

नक्कली लाइसेन्सको बिगबिगी बढेको भन्दै सरकारले २०७२ सालमा स्मार्ट लाइसेन्सको सुरुवात गर्‍यो । तर शुरु देखि नै विभागले स्मार्ट लाइसेन्स वितरण गर्न सकेन । कहिले स्मार्ट लाइसेन्स छाप्ने मेसिन बिग्रने त कहिले अरु समस्या आउने भयो ।

 

संम्बन्धित समचार

Leave a Reply