अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ श्रावण २२, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २२, काठमाण्डौ । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाले बिहीबार राति आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले बार्सिलोनाला छाड्ने भएको जनाएको हो ।

बार्सिलोनासँग मेस्सीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत पनि भएको थियो । तर, ला लिगाको नियम अनुसार अनुबन्धन सफल हुन नसकको बार्सिलोनो जनाएको छ ।

‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा स्पेनिस ला लिगाको नियम का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ । बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस