साउन २५ गते सोमबार देखि ३२ गते सोमबारसम्म ‘खोप सप्ताह’ मनाईने

साउन २२, काठमाडौ । सरकारले यही साउन २५ गते सोमबार देखि ३२ गते सोमबारसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कुराको जानकारी दिए । बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज खोप लगाइने बताए । राज्यमन्त्री श्रेष्ठले शनिबार र आइतबारसम्म जापान र भुटानबाट खोप ल्याइने बताए । उनले असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने बताए ।

यसैगरी बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याइने प्रक्रिया अगाडि बढाइएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूका बालबालिकालाई लगाइने छ । त्यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको एक करोड ४० लाख खोप र विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी एक करोड १३ लाख आउने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply