बिश्वमा ६ लाख ९० हजार कोरोना संक्रमित थपिए, एकैदिन १० हजार २५३ को मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २२, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २२, काठमाडौ । विश्वमा कोरोना संक्रमणदर फेरि बढेको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् । सोही अवधिमा १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २० करोड १६ लाख ३२ हजार ४१७ पुगेको छ । अहिलेसम्म ४२ लाख ७९ हजार ३०२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १८ करोड १४ लाख १६ हजार जना कोरोना मुक्त भएका छन् ।

संक्रमणमा परेका १ करोड ५९ लाख ३७ हजार ११५ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ९४ हजार ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । संक्रमण फैलिएका मुलुकको सूचीमा अमेरिका सबैभन्दा शीर्ष स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस