राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षा स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २३, शनिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन २३, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले ३१ साउनदेखि तोकिएको परीक्षा स्थगित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी गराए। उनले भने, “अब परीक्षा गर्नुअघि १५ दिनको समय दिएर सूचना जारी गरिनेछ ।”

कोरोनाको जोखिम कम नभएको समयमा परीक्षा सञ्चालन गर्न लागेको भन्दै चौतर्फी आलोचना भएको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २२ साउनमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई परीक्षा स्थगित गर्न सिफारिश गरेका थिए। त्यसपछि सीसीएमसीले परीक्षा स्थगित गर्न बोर्डलाई निर्देशन दिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस