एसईईको नतिजा सार्वजनिक, कसरी हेर्न रिजल्ट ?

Post Thumbnail

साउन २३, काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।

कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

केहीबेरमै नतिजा बोर्डको वेबसाइट मा गएर हेर्न सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस