एमालेको माधव नेपाल समूह आक्रामक रुपमा संगठन विस्तारमा !

साउन २३, काठमाण्डौ । देशभर समानान्तर कमिटी बनाएर संस्थापन पक्षलाई चुनौती दिएको एमालेको माधव नेपाल समूह आक्रामक रुपमा संगठन विस्तारमा लागेको छ । वडा तहसम्मै पुगेर सदस्यता नवीकरण गर्ने संस्थापनको निर्णयलाई काउन्टर दिन नेपाल खेमा संगठन विस्तारमा जुटेको हो ।

बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया अघि बढिरहेकाले तत्काल सांगठनिक गतिविधि रोक्न संस्थापनलाई आग्रह गरेको थियो । तर, संगठनका काम नरोक्ने संस्थापन पक्षको जवाफपछि नेपाल समूह पनि वडासम्मै पुग्ने गरी संगठन विस्तारमा लागेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply