आइतबार सुनचाँदीको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण २४, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौ । आइतबार सुन र चाँदीको मुल्य ह्वात्तै घटेको छ । यस दिन सुनको मुल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस