मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा

साउन २५, पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । केही ठाउँ बाहेक पर्वतको २४ किलोमिटर सडकको निर्माण सकिएको छ । कुश्माबजार र पातीचौर बजारमा ४ लेन र अन्य भागमा दुई लेनमा सडक विस्तार भइरहेको छ । मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोविल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम सम्पन्न भइसकेको छ ।

साँघुरो र ठाउँ ठाउँमा भत्किएको सडक स्तरोन्नति भएपछि सवारी सञ्चालनमा अहिले धेरै सहज भएको सवारीचालक वसन्त बास्तोलाले बताए । भूकम्प, नाकाबन्दी, कोरोना महामारीदेखि बर्खामा बाढी पहिरोको चपेटामा परेर सडकको निर्माणले गति लिन नसकेको गुनासो छ । पटकपटक म्याद थप्दै निर्माण अगाडि बढाइएको छ । सबै समस्या हुँदाहुँदै पनि अबको दुई महीनाभित्र पर्वतखण्डको सबै काम सक्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेगराज मरासिनीले बताए ।

संम्बन्धित समचार

Leave a Reply