आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाईदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २५, सोमबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौ । आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी गरिएको छ । खोप कार्यक्रमका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनिका खोप दिन लागिएको हो ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रमा नै अस्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । भुटान र जापानबाट ल्याइएको अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने कार्यालयले जनाएको छ । चैतमा अक्सफोर्ड अस्ट्राजेनिकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस