एइसी र आइटिसीबीच नेपालको कृषि उत्पादन र बजारीकरणको विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण २५, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २५,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एइसी) र अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी)बीच नेपालको कृषि उत्पादन,बजारीकरण र अहिलेको अवस्थाको बारेमा अन्तक्रिया सकिएको छ । आइतबार महासंघको आफ्नै कार्यालयमा भएको अन्तक्रियामा आइटीसीको तर्फबाट विनायक मल्लले सहजीकरा गरेका थिए । । सो क्रममा आइटिसी र कृषि उधम केन्द्रबीच सहकार्य जरुरी रहेको बताउदै कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपालको कृषि शिक्षामा समेत परिवर्तन आवश्यक रहेको बताए ।

उनले भने–अहिलेको कृषि शिक्षा जागिर खाने किसिमको भयो, साँच्चै किसान बनाउने र व्यवसायिक कृषीको विकास गर्ने खालको भएन्, यसलाई सुधार्न जरुरी छ । उनले एइसीको मुख्य काम कृषि उधमशिलताको विकास गर्नु भएको भन्दै यसको लागि वर्ल्ड बैंक ,कृषि बिकास बैंकसंग सहकार्य सुरु भएको बताए । अन्तक्रियामा सुमार्गीले भने– हामीले प्रबिधिको उच्चतम प्रयोग गर्दै कृषिलाई व्यबसायिक बनाउन जरुरी छ । अर्को कुरा उत्पादित वस्तुको बजारीकरण गर्नु हो । केन्द्रले उठान गर्ने बिषय थुप्रै रहेको छ । आइटिसीसंग मिलेर जान्छौँ । हामी जहाँ जाँदापनि संगै जोडिएर जान्छौ ।

अन्तक्रियामा कृषिमा अर्गानिक आइएसो सर्टिफिकेशन कसरी सहज बनाउने ? , चिया तथा कफीको विकासका चुनौती र राज्यले निर्वाह गर्नुपर्ने भुमिकाको विषयमा छलफल भएको थियो ।

किसानहरुलाई सामुहिक रुपमा सर्टिफिकेट दिन सहज हुने ,व्यक्तिगत रुपमा गार्‍हो हुने मल्लको भनाइ थियो । अहिलेसम्म नेपालले अर्गानिक सर्टिफिकेसन गरेको छैन आइएसओले नै गर्दै आइरहेको छ । नेपालको सन्दर्भमा आइएसओ सर्टिफिकेट लिन झन्जटिलो र गाह्रो भएको भन्दै यसको लागि सरकारसंग छलफल आवश्यक रहेको सहभभागीले बताएका थिए ।

सोही क्रममा सुमार्गीले कृषि उत्पादनको विदेश निर्यातको लागि आइएसओ सर्टिफिकेटको सन्दर्भमा राज्यसंग थप छलफल गरेर अघि बढ्नपर्ने बताए । उनले यसको लाग एइसीले पहल गर्ने बताए उनले बिदेश जान रोक्न कृषिमा आक्रशित गर्न जरुरी रहेको भन्दै उनले कृषिमा नयाँ गन्तव्य र नयाँ काम के हुन सक्छ ? भन्ने बिषयमा थप छलफल आवश्यक रहेकोमा जोड दिए । आफ्नो कार्यकालमा केन्द्रले सम्झनलायक काम गर्ने प्रण गरेको भन्दै उनले त्यसको लागी सबै निकायसंग सहकार्य गरेर जाने बताए । अन्तक्रियामा चिया,कफी बाहेक अरु के–के वस्तु निर्यात गर्न सकिन्छ भन्ने विषयमा चर्चासमेत भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस