शर्माले सम्हाले सेनाको कमाण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २५, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन २५ काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाले कायममुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई औपचारिक रुपमै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

आउँदो भदौको २५ गतेदेखि सेवानिवृत्त हुन लागेका प्रधानसेनापति थापा सोमवारदेखि बिदामा बस्न लागेकाले नेतृत्व हस्तान्तरण गरेका हुन् ।

गएको साउन १७ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीद्धारा बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त भएका थिए। ज्येष्ठताका क्रममा रहेका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम नियुक्त गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

कायममुकायम जिम्मेवारी शर्माले आउँदो भदौ २५ गतेदेखि नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रूपमा सैनिक नेतृत्व सम्हाल्नेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस