कार्तिक ८,काठमाडौँ । अभिनेता पल शाहले नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनले महंगो मूल्य लिएर चलचित्रमा साइन गरेको बताइएको छ ।
उनले साइन गरेको नयाँ चलचित्रको नाम हो ‘हृदयभरि’ । पलले २० लाख पारिश्रमिक लिएर यस चलचित्र युनिटसँग लिखित सम्झौता गरेको बताइएको छ ।
चलचित्र ‘हृदयभरि’को कथा सुरज सुब्बा नाल्बोले लेखेका हुन् भने निर्देशन पनि सुरज सुब्बा सोयमले गर्न लागेका हुन् । चलचित्रको छायांकन चैत्रबाट सुरु हुने बताइएको छ ।
चलचित्रका लागि नयाँ हिरोइनको खोजी भइरहेको बताइएको छ । चलचित्र ‘शत्रुगते’ रिलिजपछि पलले नयाँ चलचित्रमा साइन गरेका थिएनन् ।
चलचित्र रोमान्टिक जनरामा निर्माण हुन लागेको बताइएको छ । चन्दन शाह र सौरभ विश्वासले निर्माण गर्न लागेको चलचित्र शाह प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो ।