घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको आग्रह

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ श्रावण ३२, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३२, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको छ ।

महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाल्न महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउनेछ । नगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ-कुनामा फोहोर थुप्रिन सुरु भएको छ ।

काठमाडौं उपत्यकाको फोहोरमैलाको नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस