साफ यू–१५ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

कार्तिक ८,काठमाडौँ । नेपालले साफ यू–१५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा समूह एमा रहेको नेपालले माल्दिभ्सलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।

खेलभरि नै माल्दिभ्सलाई दबाबमा राखेको नेपालले २८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । माल्दिभ्सका नबुमान मोहम्मदले डिबक्सभित्र नेपालका राकेश विश्वकर्मालाई फल गरेपछि पाएको पेनाल्टीमा जान लिम्बूले गोल गरेका थिए ।

३८औं मिनेटमा नेपालका राकेशको पासमा पेनाल्टी एरियाबाट नमास थापामगरको शानदार भली प्रहार गोलमा परिणत हुँदा नेपालले २–० को अग्रता बनायो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा पनि २ गोल नै थप्यो ।

६३औं मिनेटमा शशांक बोहोराले नेपाललाई तेहेरो अग्रता बनाउँदा ७०औं मिनेटमा सब्स्टिच्यूट खेलाडी दिपेश राईले गोल गरी नेपाललाई ४–० को जित दिलाए । दिपेश ६३औं मिनेटमा नमास थापामगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यसअघि आजै भएको उद्घाटन खेलमा समूह बी अन्तर्गत पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गगत शनिबार पहिलो खेलमा पाकिस्तान र भुटान तथा दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् ।

संम्बन्धित समचार

Leave a Reply