एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट : नेपाल अाज भारतसँग खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक ९, शुक्रबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कात्तिक ९, काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तगर्त समूह बीको आफ्नो दोस्रो खेलमा नेपालले अाज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा दिउँसो तीन बजेदेखि सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको नेपालका लागि छनोटको सम्भावना जीवितै राख्न अाज भारतलाई हराउनैपर्ने छ ।

समूहको पहिलो खेलमा भारतले पाकिस्तानलाई १८–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

समूह बीमा भारत र थाइल्याण्डको तीन तीन अंक छ भने नेपाल र पाकिस्तान अंकबिहीन छन् । नेपालले बिहीबार सामान्य अभ्यास गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस