डा. भट्टराईको प्रश्न : बिरालो बाँधेर श्राद्ध गरेझैं प्रहरी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ९, शुक्रबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कात्तिक ९, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन्। उनले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दबाब दिनुपर्ने पनि बताएका छन् ।

फेसबुक र ट्वीटरमा उनले प्रश्न गरे, ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन रु प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन ? दबाब जारी राखौँ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस