गूगलले यौन उत्पीडनको आरोपमा वरिष्ठ म्यानेजरसहित ४८ जनालाई जागिरबाट निकाल्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ कार्तिक ९, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ९, काठमाडौं । गूगल कम्पनीले १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ । पछिल्लो दुईवर्षदेखि उनीहरुलाई यौन उत्पीडनको आरोप लागेको थियो ।

गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना उत्पीडनका आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि यस्तो फैसला लिएको बताएका छन् ।

यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको जवाफमा लेखिएको हो जहाँ एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो भनेर उल्लेख गरिएको थियो । रुबिनले सन् २०१४ मा कम्पनी छोडेका थिए । त्यतिबेला पनि पत्रिकाले उनको शानदार विदाई गरिएको उल्लेख गरेको थियो ।

पिचाईले पत्रमा गूगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले यौन उत्पीडनको आरोप लागेका सबै कर्मचारीमाथि अनुसन्धान गरेका छौँ । त्यसपछिमात्रै जागिरबाट हटाउने फैसला लिएका हौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस