नेकपाको नामसम्बन्धी विवादमा निर्वाचन आयोगले आज निर्णय गर्ने

कात्तिक ९, काठमाडौं । निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युुनिष्ट पार्टीको नामसम्बन्धी विवादमा शुक्रबार निर्णय सुनाउँदैछ ।

आयोगले बिहीबार नै निर्णय सुनाउने तयारी गरे पनि एकजना आयुक्त उपस्थित नभएकाले शुक्रबार निर्णय सुनाउन लागेको हो ।

सबै आयुक्तको उपस्थितिमा निर्णय गर्ने आयोगको तयारी छ । कम्युनिष्ट नेता, ऋषी कट्टेलले नेपाल कम्युनिष्ट पार्टी नामको दल आफ्नो अध्यक्षतामा दर्ता भइसकेकाले नाम जुधाउने गरि अर्को दल दर्ता गर्न नमिल्ने उजुरी गरेपछि नेकपाले त्यसबारे निर्णय गर्न लागेको हो ।

तत्कालीन एमाले र माओवादीले सुरुमा नेपाल कम्युनिष्ट पार्टी मात्र नाम राख्ने निर्णय गरे पनि पछि नेपाल कम्युनिष्ट पार्टी र कोष्टमा नेकपा लेख्ने गरी निर्वाचन आयोगमा नाम बुझाएका थिए । त्यो नाम पनि आफू नेतृत्वको दलसँग मिल्ने भन्दै कट्टेलले उजुरी गरेपछि आयोगले त्यसमाथि शुक्रबार निर्णय गर्न लागेको हो ।

संम्बन्धित समचार

Leave a Reply