सुनको मूल्यमा बृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र ४, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भदौ ४, काठमाडौं । आज शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बिहीबारको भन्दा प्रतितोला ४०० रुपैयाँले बढेको बताएको छ ।

आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भएको बताएको छ । आज चाँदीको मूल्य भने उकालो लागेको छ ।

तोलामा १५ रुपैयाँले बढेको चाँदी आज प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस