अब बागमतीको सट्टा प्रदेशको नाममा मोटरसाइकलको नम्बर

  • अनलाइन केन्द्र
  • / अटाे /
  • २०७५ कार्तिक ९, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ९, काठमाडौं । बाग्मती अञ्चलमा रोकिएको मोटरसाइकल दर्ता आजदेखि खुल्ने भएको छ । यसअघि अञ्चलका नाममा दर्ता भएका मोटरसाइकल मन्त्रिपरिषदले प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेपछि आजदेखि दर्ता खुलाउन लागिएको हो ।

मन्त्रिपरिषद्को निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि बाग्मती अञ्चलका मोटरसाइकल प्रदेशका नामबाट दर्ता हुने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा गाडी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक हुनेछ ।

प्रदेशभित्रमा पनि यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोके बमोजिम हुने विभागका प्रवक्ता उपाध्यायले बताए। नम्बर प्लेटमा गाडीको समूह जनाउने अंक आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस