रेल्वे कम्पनीमा निरन्जन झा बने महाप्रवन्धक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र ४, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र,काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ ।

नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झाले रेल सन्चालनका लागि कटिबद्ध रहने बताए । अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै झाले सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस