बैतडीमा पहिरो : दुई घर पुरिए

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ भाद्र ४, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भदौ ४, धनगढी । अविरल वर्षासँगै बैतडीमा आएको पहिराले दुई घर पुरेको छ । जिल्लाको पाटन नगरपालिका–१० मा बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको पहिरोले दुई घर पुरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय हर्क कुँवर र हिक्मत कुँवरको घर पहिरोले पुरिएका हुन् । पहिरोले घर पुरिएसँगै हर्कका तीन भैँसी, गाई र १० वटा कुखुरा मरेका छन् भने खाद्यान्न, लत्ता कपडा सबै क्षति भएका छन् ।

अर्का पीडित हिक्मतका एक गाई, पाँच वटा बाख्रा र १५ कुखुरा पहिरोमा पुरिएर मरेका छन् । तर पहिरो गएको थाहा पाएपछि दुवै जनाका परिवार भागेर ज्यान बचाउन सफल भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस