१४ सांसदलाई कारबाही होला की नहोला ? यसरी परे सभामुख चेपुवामा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ४, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र ४,काठमाडौँ । सभामुख सापकोटाको निजी सचिवालयले बिहीबार सभामुखको कार्यकक्षमा आफ्नो १४ सांसदलाई कारबाहीबारे ध्यानाकर्षण गर्न आएका एमाले सांसदहरुको प्रस्तुति, व्यवहार र कार्यशैलीले स्थितिलाई थप बिगारेको जनाएको छ ।

‘बिहीबार सभामुखलाई भेट्न आउनुभएका माननीयज्यूहरुले जुन प्रस्तुति र व्यवहार देखाउनुभयो र प्रतिपक्ष दलका नेता (केपी ओली) ले अमर्यादित ढंगले जे बोल्नुभयो, त्यसले वातावरण बिगार्न थप मद्दत पुगेको छ’ सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेको भनाइ छ ।
सभामुखले पार्टीका १४ जना सांसदमाथि गरेको कारवाहीको सूचना प्रकाशित नगरेको भन्दै एमालेले आपत्ति जनाउँदै चेतावनीयुक्त भाषा प्रयोग गरेको छ ।
१४ जना सांसदलाई कारबाही गर्न एमालेले जोडतोडले आवाज उठाइरहेको छ भने सभामुख सत्तापक्ष र प्रतिपक्षको चेपुवामा परेका छन् । यसले सभामुखलाई अप्ठेरोमा पारेको छ । सभामुख सापकोटालाई पार्टीले भनेको मान्ने कि अध्यादेश बमोजिम गर्ने भन्ने विषयमा निर्णय गर्न हम्मेहम्मे परेको छ ।

यद्यपी सभामुख सापकोटा निर्वाचन आयोगले बिहिबारमात्रै नेपाल समुहले दर्ता गरेको दलको आधिकारिकता पर्खिरहेका छन् । अध्यादेश अनुसार २० प्रतिशत केन्द्रिय सदस्य र सांसद भएपछि दल परिवर्तन गरेपनि सांसद पद रहिरहने व्यवस्था छ । अध्यादेशबिरुद्ध सर्वोच्चमा रिट परेपछि यो समस्या केहीदिन अझै लम्बिने प्रष्ट भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस