राजधानीमा २४ ट्रिपरलाई दिँउसै चल्न छुट, अरुले नपाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक ९, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ९,काठमाडौँ । सरकारले टिपरलाई दिउँसोमा लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । पहिलो चरणमा शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाको २४ वटा टिपर चल्ने भएका छन् ।

टिपरमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा शुक्रबार गृह मन्त्रालयमा छलफल भएको थियो । छलफलमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाका २४ वटा टिपर सञ्चालन हुनेछन् । आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि टिपर सञ्चालन गर्न लागिएको हो ।

टिपरका कारण दुर्घटना बढेर मानवीय क्षतिसमेत भएपछि गृह मन्त्रालयले विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म काठमाडौं उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यो बीचमा त्यस नियमलाई केही खुकुलो पारेर राति र विहान १र१ घण्टा चाँडै चलाउन दिइएको थियो ।

तर चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ हुने देखिएपछि टिपरमा लगाइएको प्रतिबन्ध फुकवा गर्न लागेको हो । आयोजनाका लागि निर्माण सामग्री बोक्ने टिपरको नम्बर उल्लेख गरेर २४ वटालाई चल्न दिने निर्णय गर्न लागिएको हो ।

‘राष्ट्रिय महत्वको चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ नहोस् भनेर २४ वटा टिपरलाई १० दिनसम्म प्रतिबन्ध नलगाउने निर्णय गर्न लागेका छौं’ उनले भने ।

चक्रपथ सुधार आयोजनाका लागि वैकल्पिक मार्गबाट टिपर चलाउन सकिन्छ कि भनेर लामाटार र लाकुरीभञ्ज्याङको सडक हेर्दा ती सडकबाट टिपर चलाउन नसकिने देखेपछि मूल बनेपा भक्तपुरको जगाती हुँदै काठमाडौं भित्रने सडकमै टिपरलाई प्रतिबन्ध फुकुवा गरिएको हो ।

गृह मन्त्रालयमा भएको छलफलमा यस अवधिमा मोटरसाइकललाई लेन अनुशासन पलना गर्न लगाउने र टिपर व्यवसायीले पनि जनचेतनामूलक कार्यक्रम गर्ने सहमति भएको छ । १० दिनको नतिजा हेरेपछि टिपरलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वा नगर्ने निर्णय हुने गृह मन्त्रालयको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस