सस्तियो बैँकको ब्याज ! अब कुन बैँकमा कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र ६, आईतबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । ऋण लिनेका लागि बैंकहरुको ब्याजदर घट्दै गएको छ। बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम हुँदा ऋण लिन चाहनेलाई ब्याजदरमा लाभ मिलिरहेको छ। हाल सबैजसो वाणिज्य बैंकहरुबाट एकल अंकको ब्याजदरमै ऋण लिन पाइन्छ।

‘पर्याप्त लगानीयोग्य रकम हुँदा बैंकहरुबीच सस्तो ब्याजमा ऋण दिने प्रतिस्पर्धा छ, यसले गर्दा ब्याजदर घटिरहेको हो’ राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले भने।

पुस मसान्तसम्म २७ वाणिज्य बैंकको समग्रमा औसत आधार दर ७. १९ प्रतिशत छ। यसअघि असोज मसान्तसम्म समग्र औसत आधार दर ७.७९ प्रतिशत थियो।

गत वर्षको पुस मसान्तसम्म समग्रमा औसत आधार दर ९.४९ प्रतिशत थियो। एक वर्षको अवधिमा औसत आधार दर नै २.३ प्रतिशतले घटेको छ। औसत आधार दर घट्नु भनेकै ऋण लिनेका लागि ब्याजदर सस्तिनु हो।

हाल कुनै पनि बैंकको आधार दर ८.४ प्रतिशतभन्दा माथि छैन। आधार दरका आधारमा सिभिल बैंकको सबैभन्दा धेरै ८.४५ प्रतिशत छ भने राष्ट्रिय वाणिज्यको सबैभन्दा ६१ मात्रै छ।

बैंकहरुको ऋणको ब्याजदर तय गर्दा आधार दरमा निश्चित प्रिमियम दर जोड्ने गर्छन्। अहिले आधार दर मात्रै घटेको छैन, बैंकहरुले त्यसमा जोड्ने प्रिमियम दर समेत घटाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस