आज मानुषी लघुबित्तको आइपीओ बाँडफाँड , २३ लाख बढी आवेदकको मन खिन्न हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र ७, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । मानुषी लघुबित्तको आइपीओ बाँडफाँड आज हुने भएको छ । बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले आज बिहान ८.३० बजे क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफँड हुने भएको हो । उक्त कम्पनीको आइपीओको प्रि अलटमेन्ट भाद्र ३ गते नै सम्पन्न भइसकेको छ । कम्पनीको ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुटयाईएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

मानुषीको आइपीओमा २४ लाख ३ हजार ५५ आवेदकले ३ करोड ६ लाख ३२ हजार ४५० कित्ताका लागि आवेदन दिएका थिए । जो ८३.१० गुणा बढी हो । आइपीओ बाँडफाँडको समयमा २३ लाख बढी आवेदकको मन खिन्न हुने भएको छ । उनीहरुको हात रित्तै हुनेछ किनभने ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस