शेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से ४८.४२ अंकले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र ९, बुधबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

भदौ ९, काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो ।

कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य घट्यो ।

यस्तै २१ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस