नेपालले आईसीसी यु-१९ विश्वकप खेल्न पाएन्

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र १०, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र १०,काठमाडौँ । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ ।

छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् ।

आईसीसी डेभलपमेन्ट कमिटी र आईसीसी बोर्डले स्वीकृत गरेको गाईडलाइन्स अनुसार यी तीन छनोट आयोजना गर्न नसकिने आईसीसीले विज्ञप्तीमार्फत जनाएको छ ।

त्यसैले पछिल्लो ५ यु-१९ छनावट प्रतियोगितामा प्राप्त जितका आधारमा आईसीसीले तीन टपमलाई सोझै छनोट गरेको हो । यु-१९ विश्वकप अर्को वर्ष वेष्ट इन्डिजमा हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस