मन्त्रिपरिषद बैठक ३ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना छ । त्यस्तै केही राजदूतहरुका बारेमा समेत छलफल र निर्णय हुनसक्ने बताइएको छ । यसअघि देउवा सरकारले वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस