प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ १०, विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।

प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाइएको हो ।

मुख्यमन्त्री नियुक्त भएका आचार्यले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस