नेकपा समाजवादी ‘हाइकमाण्ड’ गठनको तयारीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ११, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय ‘हाइकमाण्ड’ गठन गर्ने तयारी गरेको छ । समाजवादी पार्टीले तत्काल निर्णय गर्नका लागि हाइकमाण्ड गठन गर्ने तयारी गरेको हो ।

हाइकमाण्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल हुनेछन् । वामदेव गौतम पनि केही समयपछि थपिने बताइएको छ ।

समाजवादीका एक नेताका अनुसार हाइकमाण्डले पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधि, राजनीतिक तथा संवैधानिक नियुक्ति र शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस