आईसीसी विश्वकप लिग–२ : ओमानमा नेपाली क्रिकेट टिमको तयारी शुरु

भदौ ११, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ ।

सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।

नेपालले लिग–२ सिरिजअघि पीएनजीसँग सेप्टेम्बर ५ र ८ मा एकदिवसीय खेल खेल्नेछ । त्यसपछि नेपालले लिग–२ अन्तर्गत पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ मा खेल्नेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा यस पटक १७ सदस्यीय टोली ओमान गएको छ । जसमा गुल्शन झा नयाँ अनुहारको रुपमा छन् । गुल्शनसँगै विक्रम सोव, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी छ ।

गत वैैशाखमा नेपालमै भएको टी–२० त्रिकोणात्मक सिरिजमार्फत टी २० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले यस पटक एकदिवसीय अन्तर्राष्ट्रियमा पनि ओपनिङ गर्ने सम्भावना छ ।

सन् २०२० फेब्रुअरीमा नेपालमै लिग २ को सिरिज खेलेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

संम्बन्धित समचार

Leave a Reply