आयोगले दियो एकीकृत समाजवादीको ३० र लोसपाका १४ सांसदहरुको सूची

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ११, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भदौ ११, काठमाडौं। निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ ।

माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ ।

एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि आयोगले संसद सचिवालयलाई जानकारी गराएको छ ।

नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले निवेदनबारे कुनै निर्णय लिएको छैन ।

सरकारले २० प्रतिशत संघीय संसद वा केन्द्रीय समितिमा पर्याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो । दुबै दललाई निर्वाचन आयोगले ९ भदौमा मान्यता दिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस