एमालेको रूपन्देही जिल्ला कमिटी नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १२, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भदौ १२, काठमाडौँ । एमालेको समानान्तर कमिटी सञ्चालन गर्दै आएको नेपाल पक्षको रूपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको छ ।

रूपन्देहीको बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवाद) मा रूपान्तरित हुने निर्णय गरेको हो ।

समानान्तर कमिटीका अध्यक्ष राजु गुरूङको अध्यक्षतामा बसेको बैठकमा सहभागी सदस्यले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन् ।

सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने बैठकले निर्णय गरेको साविक एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालिकाकी उप मेयर उमा काफ्लेलगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकीकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताएका थिए ।

सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकार र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि आफूहरुको समर्थन नेकपा (एकिकत समाजवादी)मा रहेको सन्देश उपलब्ध भएको अध्यक्ष गुरुङले दाबी गरे । एमाले पार्टी विभाजनमा रुपन्देहीका अधिकांस वडा अध्यक्षहरु एकीकृत समाजवादीमा आउने तयार रहेको अध्यक्ष गुरूङले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस