कांग्रेसमा बढ्यो महाधिवेशनको सरगर्मी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १३, आईतबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

भदौ १३, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसंगै निर्धारित मितिमा महाधिवेशन हुने संभावना बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन निर्देशिका संशोधन, क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक र उम्मेदवारहरुको मापदण्डलगायतका विषयमा सहमति भएको हो ।

सहमति बनेसँगै कांग्रेसमा महाधिवेशनको चटारो बढेको छ । सहमतिलगत्तै पार्टी मूख्यालयमा केही दिन यता भईरहेको जिल्ला सभापतिहरुको रिले अनसन पनि हिजो रातीबाटै तोडिएको छ । यस्तै हिजो रातीसम्ममा ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकिएको छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका बमोजिम हिजो थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको हो । नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार क्रियाशील सूची सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको छ । कांग्रेसले यही भदौ १८ गते देशैभर वडा अधिवेशन गर्न लागेको  छ । कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस