एकीकृत समाजवादीमा मन्त्री नेपालले छान्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १३, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो ।

संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ । समाजवादीले सरकारमा सहभागी हुने निर्णय गत शुक्रबार नै गरिसकेको छ ।

बैठकमा सांसद प्रेमबहादुर आलेले संसदीय समितिहरुमा पार्टीको उपस्थिति बलियो बनाउनुपर्ने जोड दिएका छन् । संसदीय समितिको सभापतिमा को–को पठाउने भन्ने पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस