मेस्सीको डेब्युमा पीएजीको जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र १४, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भदौ १४, एजेन्सी । लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ । आईतबार राति पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो ।

नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । अर्जेन्टिनी फरवार्डले ३० नम्बरको जर्सी लगाएका थिए । खेलमा उपस्थित सबै दर्शक उठेर उनलाई सम्मान गरेका थिए ।

बार्सिलोना बाहेक अन्य टोलीबाट मेस्सी पहिलो पटक मैदान उत्रिएका हुन् । बेन्चबाट खेलको सुरुवात गरेका ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए ।

मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए । खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए ।

६३ औं मिनेटमा अच्राफ हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे। पीएसजीका लागि एम्बाप्पेको यो अन्तिम खेल हुने अनुमान गरिएको छ ।

रियल मड्रिडले उनलाई अनुबन्धन गर्न कोशिश गरिरहेको छ । मंगलबारसम्म एम्बाप्पे अनुबन्धन गर्नुपर्ने समयसिमा रियललाई उपलब्ध छ । रियलले १ सय ६० मिलियन युरोको प्रस्ताव पीएसजीलाई गरेको छ । एम्बाप्पेले पीएसजीका लागि १ सय ७५ खेलमा १ सय ३५ गोल गरेका छन् ।

जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस