आई पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर, विजेतालाई २० हजार पुरस्कार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र १४, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र १४,काठमाडौँ । नेपालमा रेमिटेन्स् भित्र्याउन अब्बल स्थानमा रहेको आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । भाद्र १४ गते बाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहनु हुने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ ।

भाद्र २४ गतेसम्म संचालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले Lucky Draw मार्फत Bumper Cash Prize २० हजार रुपैँया जित्ने मौका पाउनेछन् । ।साथै यस च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक ५ जनालेLucky Draw मार्फत रु. ५०० को टपअप पाउनेछन् भने सर्बाधिक लाइक आएको कुनै एक प्रतियोगीले नगद पुरस्कार रु. १० हजार रुपैँया जित्ने मौका पाउनेछन् ।

मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट रकम ल्याईरहेको आई पे रेमिट ले रियल टाईम एकाउन्ट डिपोजिट सुविधा साथै नेपालभर छरिएर रहेको १२,००० भुक्तानी काउन्टरबाट ग्राहक वर्गहरुलाई सुविधा दिदै आइरहेको छ । अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस