फोहोर राजनीति: काठमाडौँका मेयरले वाचा पुरा गरेनन् ! राजधानीमा दुर्गन्ध फैलियो

Post Thumbnail

भाद्र १४,काठमाडौँ । नुवाकोटको सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् ।

स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ । यद्यपी काठमाडौँ महानगरको नगरप्रमुख भएपछि विद्यासुन्दर शाक्यले धादिङ र नुवाकोटको सिमानामा रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन छिट्टै हुने दावी गरेका थिए । उनले आफ्नो कार्यकाल सकिन लाग्दा समेत सो कार्यभार पुरा गर्न सकेका छैनन् । आफ्नो वाचा पुरा गर्न नसक्ने मेयर असक्षम भएको सिसडोलबासी बताउछन् ।

फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनुपर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी बताउछन । फोहोरका कारण मानव बस्ती प्रभावित भइरहेकोले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उनिहरुको माग छ ।

सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बञ्चरेडाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिने स्थानीय बताउछन । काठमाडौँ महानगर प्रमुख शाक्य भने संघिय सरकारको भर परेर बसिहेका छन् । उनले अझैपनि संघको भर पर्दा स्थानीय सरकारको औचित्य के ? भनेर राजधानीवासीले प्रश्न उठाउन थालेका छन् । काठमाडौँ वडा नम्बर १४ का स्थानीय अर्जुन उप्रेती भन्छन– राजधानीमा फोहोरको डङ्गुर छ, जताततै फोहोरको दुर्घन्ध फैलिएको छ । तर मेयरसाप कानमा तेल हालेर बसिरहनुभएको छ । आफ्नो कार्यक्षेत्र भित्र पर्ने काम समेत नगरेर नगरप्रमुखले आफु असक्षम सावित गरेको उनको भनाई छ ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटोभन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले कोभिड–१९ का कारण केही समस्याहरु आइरहेको बताउँदै सबै राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताए । प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस