धादिङमा ट्रक दुर्घटना: दुई दर्जन बढी घाइते, हेलिकप्टरबाट उद्धार

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ भाद्र १४, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा सोमबार बिहान आइसर ट्रक दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइसर ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते मध्ये चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको हो ।

घाइते मध्ये अन्य चार जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस