दार्चुला तुईन प्रकरणमा उदासिन सरकार, छानविन समितिको म्याद थप्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १५, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भदौ १५, काठमाडौं । भारतीय सशस्त्र सीमा बल एसएसबीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना भएको छ । तर, सरकारले अझैसम्म घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । यसबारे छानबिन गर्न गठन भएको सरकारी समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।

समितिले पटक पटक म्याद थपेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । तेस्रो पटकको म्याद आज सकिँनै लाग्दा गृह मन्त्रालयले छानबिन समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । छानबिन समितिका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएका र अनुसन्धान र प्रतिवेदन लेखन कार्य अझै नसकिएको भन्दै केही दिन म्याद थप्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।

पटक पटक गर्दै तिन पटक म्याद थप्दा पनि समिमिलते काम गर्न सकेको छैन । धामी वेपत्ता भएको घटनास्थल दार्चुला पारी भारतको गस्कु भन्ने ठाउँ भएकोले अनुसन्धान गर्न कानुनी जटिलता देखिएको भन्दै छानविन समिति पन्छिन खोजेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस