जापानमा रहेका प्रकाश माइला सहित ४ स्रस्टालाई युवा वर्ष मोती पुरस्कार

भाद्र १५,काठमाडौँ । नेपाली साहित्यको महत्त्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कार जापानमा बसेर संसारभरका नेपाली स्रस्टाहरूको नेतृत्व गरिरहेका चितवनका स्रस्टा प्रकाश पौडेल माइलाले प्राप्त गर्ने भएका छन् । यसपटक संयुक्तरूपमा प्रदान गर्न लागिएको यो पुरस्कार नेपालमा बसेर संसारभरका स्रस्टालाई सेवा गरिरहेका लेखक, समालोचक महेश पौडेलले पनि प्राप्त गर्दैछन् ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदान गर्दै आइएको युवा वर्ष मोती पुरस्कार पाउनेमा विराटनगर बसेर साहित्यमा सेवा गरिरहेका मीनकुमार नवोदित र काठमाडौँ बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई पनि दिइने मोती पुरस्कार निर्णायक समितिले जनाएको छ ।

कोभिड(१९ का कारण गत वर्ष रोकिएको मोती पुरस्कारको घोषणा यसै वर्ष गरेका कारण एकैसाथ चार जना युवा स्रष्टाले यो पुरस्कार पाएका हुन् । निर्णायक मण्डलले २०७७ सालका लागि कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याल र कवि एवं साहित्यिक पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने निणर्य गरेको हो ।

त्यसैगरि २०७८ सालका लागि संसारभरिका नेपाली भाषा र साहित्यकारको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष, वर्ल्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य एवं हाइजिन प्रकाश पौडेल माइलालाई प्रदान गर्ने निर्णय गरिएको हो । माइलाको घर भरतपुरको भीमनगरमा हो । पौडेलका साथमा काठमाडौँलाई कार्य क्षेत्र बनाएका कवि एवं गीतकार हेम प्रभासलाई पनि मोती पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारको राशी पचास हजार रुपैँया र प्रमाणपत्र रहेको छ । यो राशी दुई जनाले संयुक्तरूपमा प्राप्त गर्नेछन् ।

मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरुलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिन्छ ।

युवा वर्ष मोती पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो ।

पुरस्कार प्राप्त गर्ने महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् । साहित्यतर्फ उनी बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उनका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छ ।

संम्बन्धित समचार

Leave a Reply