काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित ११ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् । उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।
एमालेका ५६ जनामध्ये ११ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
नेकपा एस रोज्ने सांसदहरूमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर कुसुमकुमार कार्कीले सनाखत गरेका छन् । यो संख्या अझै बढ्ने नेताहरुको दाबी छ । उनीहरुको अनुसार नेकपा एसमा २१ जना सांसद पुग्ने बताइएको छ ।