प्रदेश २ : जसपाका १० सांसद लोकतान्त्रिक समाजवादीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १६, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ १६, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् ।

बुधबार १० जनाले सनातखत गरेको र अन्यले भोलि पनि सनाखत गर्ने सांसद परमेश्वर साहले बताए । निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस