उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ भाद्र १६, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भदौ १६, काठमाडौं । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ’ उनले भने, ‘पालना भए नभएको प्रशासनबाट अनुगमन हुनेछ ।’

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस